घरपालुवा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु



बर्दिया,चैत १४ — बर्दिया राष्ट्रिय निकुञ्जमा घरपालुवा हात्तीको आक्रमणबाट एक माहुतेको ज्यान गएको छ।

निकुञ्जको हात्तीसारमा रहेको भाले हात्तीले खोलामा नुहाउने क्रममा आक्रमण गर्दा मधुवन नगरपालिका निवासी गंगाराम थारूको मृत्यु भएको हो। उनी लामो समयदेखि सोही हात्तीको स्याहार र सञ्चालन गर्दै आएका थिए।

हात्तीले आक्रमणपछि शव नछोड्दा उद्धारमा कठिनाइ भएको थियो। पछि हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिएपछि मात्र शव निकाल्न सफल भएको निकुञ्जका प्रमुख अशोक कुमार रामले जानकारी दिनुभयो।

प्रमुख रामका अनुसार हात्ती र माहुतेबीचको पुरानो रिसइबीका कारण आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ।

यसअघि पनि बर्दियामा घरपालुवा हात्तीको आक्रमणबाट यस्तै घटना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्