संवैधानिक,कानूनी र राजनीतिक रूपमा प्रतिवाद गर्न काँग्रेस देउवा समूहको निश्कर्ष



काठमाडौ,चैत १५ । नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा पक्षले पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध साध्ने उद्देश्यले पक्राउ गरेको जनाएको छ।

नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै संविधानको मर्मविपरीत लेखकलाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग  गर्नु भएको छ ।

उहाँले संवैधानिक, कानूनी र राजनीतिक रूपमा प्रतिवाद गर्नको लागि पार्टीपंक्तिलाई आह्वान समेत  गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्