ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै, राजनीतिक तनाव बढ्दो
काठमाडौँ, चैत १५ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने भएको छ। दुवैलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
भदौ २३–२४ का ‘जेनजी’ आन्दोलनसम्बन्धी घटनामा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेपछि सरकारको निर्णयअनुसार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ओलीलाई हाल त्रिवि शिक्षण अस्पतालमा र लेखकलाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुवै नेतालाई तत्काल रिहा गर्न माग गर्दै देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ।
उता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि गिरफ्तारीप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार गर्न आग्रह गर्नुभएको छ।

