पूर्वमन्त्री दीपक खड्का पक्राउ
काठमाडौँ,चैत १५ — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्।
उहाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो।
सीआईबी प्रमुख मानेज केसीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा खड्कामाथि अनुसन्धान अघि बढाइएको छ।
उक्त विभागले अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपछि खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

