जलेकी अवस्थामा युवती फेला, उपचारका क्रममा मृत्यु



बाँके,चैत १५— नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दीपक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब १२ बजे २५–३० वर्षीया युवती गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।

उक्त युवतीलाई तत्काल भेरी अस्पतालमा उपचारका लागि लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। शव भेरी अस्पतालमै राखिएको छ भने घटनाको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्