आज सुनको मूल्य ५ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं,चैत १५ । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रवार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ८६ हजार रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको महासंघले जनाएको छ । शुक्रवार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ७२० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस्