पत्नीको खुट्टा काट्ने पति पक्राउ



पर्सा,चैत १५— अमानवीय ढङ्गले पत्नीमाथि आक्रमण गरी खुट्टा काट्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार फरार रहेका विश्वनाथ सहनीलाई शनिबार नियन्त्रणमा लिइएको हो।

गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले आफ्नी पत्नी हरिकलादेवीलाई हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए। आक्रमणका क्रममा उनको बाँया खुट्टाको पैतलाभन्दा माथिको भाग काटिएको थियो।

घाइते महिलाको प्रारम्भिक उपचार एलएस न्यूरो अस्पतालमा गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्