ओलीको रिहाइ माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ,चैत १५— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै उनकी पत्नी राधिका शाक्यले रिट दायर गर्नुभएको हो।
आज दर्ता भएको उक्त रिटमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने जनाइएको छ ।

