रवि लामिछानेसम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाउने आदेश



काठमाडौँ,चैत १५— सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरुद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।

न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा विस्तृत सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

अब उक्त मुद्दाको अन्तिम टुंगो पूर्ण इजलासबाट लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्