बालेनलाई सहयोग गर्न राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग



काठमाडौँ,चैत १५— राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत रहेको कर्मचारी युनियन भंग गरिएको घोषणा गरिएको छ।

युनियनका अध्यक्ष राजु ओलियाले सूचनामार्फत युनियन औपचारिक रूपमा भंग गरिएको जानकारी दिनुभएको हो।

सूचनामा मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीलाई स्वागत गर्दै युनियन भंग गरिएको उल्लेख गरिएको छ।

गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त कार्यसूचीमा सरकारी निकायमा रहेका कर्मचारी युनियन भंग गर्ने व्यवस्था समावेश छ।

प्रतिक्रिया दिनुहोस्