लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ



काठमाडौँ,चैत १६— लुम्बिनी प्रदेश सभासद् रेखा शर्मा पक्राउ परेकी छिन्। नेकपा एमालेबाट निर्वाचित उनलाई आइतबार राति काठमाडौँको धुम्बराहीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो।

शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखी बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ। केही वर्षअघि उनको घरबाट एक बालिकालाई काठमाडौँ महानगरपालिकाले उद्धार गरेको थियो।

सो घटनाबारे तत्कालीन मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पीडित बालिकाका पक्षमा न्यायको माग गर्नुभएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्