नुवाकोट शिवपुरीमा एक पुरुष मृत फेला



नुवाकोट,चैत १६— शिवपुरी गाउँपालिका–८ सत्तरी डिल क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक अन्दाजी ६० वर्षीय स्थानीय रामशरण गिरी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गिरी कुलोमा मुन्टो डुबेको अवस्थामा फेला परेका थिए। शव कुलोमा नाक र मुख डुबेकोअवस्थामा भेटिएको बताइएको छ।

घटना सोमबार दिउँसो करिब १:३० बजे भएको अनुमान गरिएको छ।हाल प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने काम गरिरहेको छ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्