ओलीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार, कारण पेश गर्न आदेश
काठमाडौँ,चैत १६ — केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
ओलीकी पत्नी राधिका शाक्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले तत्काल रिहा गर्न नमानेको हो। अदालतले भने पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश दिएको छ।
ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमन गरेको आरोपमा सरकारले शनिबार बिहान पक्राउ गरेको थियो।
यसैबीच, काठमाडौँ जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। स्वास्थ्य समस्याका कारण उनलाई हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ।

