विदुर मेयर कपका घाइते खेलाडीलाई बीमा रकम हस्तान्तरण
नुवाकोट, चैत १६ — ‘प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’मा घाइते भएका खेलाडीलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गरिएको छ।
राजन श्रेष्ठ नेतृत्वमा विदुर नगरपालिकाले घाइते खेलाडी सुरज गिरीको उपचारका लागि प्राप्त ५२ हजार २८२ रुपैयाँको चेक उनका आफन्तलाई प्रदान गरेको हो।
गत आर्थिक वर्षमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा सहभागी सबै खेलाडीको सामूहिक दुर्घटना बीमा गरिएको थियो। सोही बीमा योजना अन्तर्गत गिरीले उपचार खर्चबापत उक्त रकम पाएका हुन्।
नगरपालिकाले खेलाडीको सुरक्षा र उपचारलाई प्राथमिकता दिँदै यस्तो बीमा व्यवस्था लागू गरेको जनाएको छ।

