सुनचाँदीको मूल्यमा उच्च वृद्धि
काठमाडौँ,चैत १७— नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।
सोमबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढ्दै ४ हजार ८४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको बताइएको छ।

