विद्यालय पाठ्यक्रममै विपद् उद्धार सीप समावेश गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ,चैत १७ — गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्न निर्देशन दिनुभएको छ।
आज सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग भएको छलफलमा मन्त्री गुरुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी कार्यक्रम कार्यान्वयनको योजना ल्याउनुपर्ने बताउनुभयो।उहाँले प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान बालबालिकालाई प्रदान गर्ने लक्ष्य राखिएको उल्लेख गर्नुभयो।
यस कार्यक्रममार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। मन्त्री गुरुङको सचिवालयका अनुसार सम्बन्धित निकायबीच सहकार्य गरी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ।

