नुवाकोटको दुप्चेश्वर धाममा नयाँ वर्षमा रिङ्ग रेस्लिङ प्रतियोगिता हुने
नुवाकोट,चैत १७— नुवाकोटको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर धाममा नयाँ वर्ष २०८३ को अवसरमा आउँदो बैशाख १ गते रिङ्ग रेस्लिङ प्रतियोगिता हुने भएको छ।
धार्मिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा एक दर्जनभन्दा बढी रेस्लरको सहभागिता रहनेछ।सहभागी खेलाडीमा नुवाकोटे टाइगर, डेभिड, साइन, चट्टान, आकृती, तानु, सुजल, एक्स (X) हिरो, सि.जे. वर्ल्ड, ठागु, युबिएल स्टोन (UBL STONE), किङ रोबर्ट र म्याक्स म्यानलगायत रहेका छन्।
प्रतियोगितामा रेफ्रीको भूमिकामा सन्जय महर्जन रहनेछन् भने कार्यक्रम सञ्चालन जीवन तामाङले गर्नेछन्।
आयोजकका अनुसार यस प्रकारका खेलकुद गतिविधिले दुप्चेश्वर धाममा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

