बिहानै भूकम्पको धक्का महसुस



मुगु,चैत १८— मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रबिन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान २:२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ।हालसम्म भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस्