मन्त्री आवास अभावः भैँसेपाटी क्षतिग्रस्तपछि व्यवस्थापनमा समस्या



काठमाडौँ,चैत १८ — ‘जेनजी’ आन्दोलनका क्रममा भैँसेपाटीस्थित मन्त्री निवास पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नयाँ मन्त्रीहरूको आवास व्यवस्थापनमा समस्या देखिएको छ। एक अर्ब ३४ करोड लागतमा बनेको उक्त आवास आगजनीबाट नष्ट भएपछि अधिकांश मन्त्रीहरू अस्थायी रूपमा विभिन्न स्थानमा बस्न बाध्य भएका छन्।

हाल एक मन्त्री भैँसेपाटीमै सुरक्षित रहेको भवनमा बसिरहेका छन् भने केही मन्त्री पुल्चोकस्थित पुरानो आवासमा बसिरहेका छन्। तर बाँकी मन्त्रीहरूको आवास टुङ्गो लाग्न सकेको छैन। आवश्यक परे घर भाडामा लिने वा भाडाबापत रकम उपलब्ध गराउने विकल्पबारे छलफल भइरहेको छ।

यसबीच, क्षतिग्रस्त मन्त्री निवासको पुनर्निर्माण प्रक्रिया छ महिनापछि सुरु गरिएको छ। पहिलो चरणमा बढी क्षति भएका भवनहरूको पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।

सरकारले चालु आर्थिक वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि तत्कालका लागि मन्त्री आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया दिनुहोस्