माइक्रोबस दुर्घटनामा ९ जना घाइते



तनहुँ,चैत १८— पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा मंगलबार साँझ माइक्रोबस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

काठमाडौँबाट दमौलीतर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ७२०८ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई रत्नहरी अस्पताल दमौली र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्