सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ९७ हजार ६ सय पुग्यो



काठमाडौँ,चैत १८— नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्