गृहमन्त्री गुरूङद्वारा प्रहरी परिसर काठमाडौंको अनुगमन
काठमाडौँ,चैत १८— गृहमन्त्री सुधन गुरूङले जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँ बुधबार भद्रकालीस्थित परिसर पुगेर अनुगमन गर्नुभएको हो।
अनुगमनका क्रममा मन्त्री गुरूङले प्रहरीलाई नागरिकमैत्री, स्वच्छ र पारदर्शी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो। साथै, सेवा सुधारका लागि आवश्यक सहयोग सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अनुगमनकै क्रममा परिसर प्रमुख एसएसपी रमेश थापाले भइरहेको कामकारबाही तथा सेवा प्रवाहको अवस्थाबारे गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो।

