एमाले संसदीय दलको नेतामा थापा प्रस्तावित, नेम्वाङको पनि दाबी



काठमाडौँ,चैत १८— नेकपा (एमाले) संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको नाम प्रस्ताव गरिएको छ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी संसदीय दलको बैठकमा थापालाई नेता बनाउने प्रस्ताव पेस भएको हो। तर, सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गर्नुभएको छ।

नेम्वाङले निर्वाचन प्रक्रियाबाट नेता चयन गर्नुपर्ने माग गर्दै आफू पनि उक्त पदका लागि उपयुक्त रहेको धारणा राख्नुभएको छ। उहाँले युवा नेतृत्वलाई अवसर दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

संसदीय दलको नेतामा दुई जनाको दाबी देखिएपछि दलभित्र सहमति जुटाउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्