एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध
काठमाडौँ,चैत १८ — नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ।
दलको नेताका लागि थापाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभयो। यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गर्नुभएको थियो।
एमाले संसदीय दलको विधान २०७७ को दफा ६ अनुसार भएको निर्वाचन प्रक्रियामा एकमात्र उम्मेदवारका रूपमा थापाको उम्मेदवारी परेपछि उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
एमालेद्वारा जारी पत्रमा प्रतिनिधिसभा सदस्य थापाको एकल उम्मेदवारी परेकाले उहाँ स्वतः निर्विरोध निर्वाचित भएको उल्लेख गरिएको छ ।


