एमालेमा दल नेता चयन प्रक्रियामाथि योगेश भट्टराईको प्रश्न



काठमाडौँ,चैत १८— नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता चयन गर्ने प्रक्रियामाथि प्रश्न उठाउनुभएको छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले दलको नेता छान्ने क्रममा सांसदहरूलाई दबाबमा राखिएको भन्दै आपत्ति जनाउनुभएको हो। निर्वाचनमार्फत पार्टीलाई धक्का लागेको र नेतृत्वप्रति जनगुनासो बढिरहेको अवस्थामा जनविश्वास पुनःस्थापित गर्ने काम आवश्यक रहेको उहाँको भनाइ छ। तर, पछिल्लो निर्णयले थप चिन्ता बढाएको उहाँले उल्लेख गर्नुभएको छ।

एमाले संसदीय दलको नेताका लागि रामबहादुर थापा र सुहाङ नेम्वाङबीच प्रतिस्पर्धाको चर्चा भए पनि अन्तिम समयमा नेम्वाङले प्रस्तावक र समर्थक नपाएपछि मनोनयन दर्ता गर्न सक्नुभएन।

त्यसपछि थापा निर्विरोध रूपमा दलको नेतामा चयन हुनुभएको थियो।यही प्रक्रियामा सांसदहरूलाई दबाब दिइएको विषय उठाउँदै भट्टराईले पार्टीभित्रको निर्णय शैलीबारे गम्भीर प्रश्न उठाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्