हप्तामा दुई दिन बिदा दिने सूचना भ्रामक, शिक्षा मन्त्रालयको स्पष्टीकरण



काठमाडौँ,चैत १८— शिक्षण संस्थामा हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ।

बुधबार भाइरल भएको उक्त सूचनालाई केहीले “अप्रिल फुल” भन्दै उल्लेख गरे पनि धेरैले वास्तविक ठानेर शेयर गरेका थिए। तर मन्त्रालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शनिवार र आइवार दुवै दिन शैक्षिक संस्था पूर्ण रूपमा बन्द हुने कुनै निर्णय नभएको जनाएको छ।

मन्त्रालयले भ्रामक सूचना फैलाउने व्यक्तिहरूमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्