महेश बस्नेतविरुद्धको रिट खारेज, अनुसन्धान प्रक्रिया अघि बढ्ने बाटो खुला
काठमाडौ,चैत १८ — उच्च अदालतले महेश बस्नेतविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको रिट निवेदन खारेज गरेको छ।
शोभा पाठकले बस्नेतविरुद्धको निवेदन जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राखेको भन्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आदेश माग गर्दै उच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
तर, सम्बन्धित मुद्दाको कारबाही प्रक्रिया जिल्लास्तरबाट नै अघि बढिरहेको जानकारी प्राप्त भएकाले मागबमोजिम आदेश जारी गर्न आवश्यक नदेखिएको अदालतले जनाएको छ।
न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले उक्त रिट खारेज गर्ने आदेश दिएको हो। अदालतको आदेशमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति सम्बन्धी प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै थप आदेश आवश्यक नरहेको स्पष्ट पारिएको छ।
यस आदेशसँगै बस्नेतविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने बाटो खुलेको छ भने पक्राउ पुर्जी जारी हुने सम्भावना समेत बढेको छ।

