कुवेतबाट ३१८ नेपाली स्वदेश फर्किए, ९ शव पनि ल्याइयो — डिपोर्ट र द्वन्द्व दुबै कारण!



भैरहवा, चैत १९ । कुवेतबाट तीन सय १८ नेपाली नागरिक तथा नौवटा शव चार्टर उडानमार्फत नेपाल ल्याइएको छ।

उक्त विमान साँझ करिब पौने आठ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेती अदालतले डिपोर्ट गर्ने आदेश दिएपछि ती नेपालीलाई स्वदेश फर्काइएको हो।

विमानबाट आएका केहीले भने सञ्चारमाध्यमसँग कुरा गर्दै आफूहरू त्यहाँ जारी द्वन्द्वका कारण असुरक्षित महसुस भएपछि दूतावासको समन्वयमा नेपाल फर्किएको बताएका छन्।

यस्तै, केही यात्रुले कुवेतमा गैरकानुनी रूपमा काम गरिरहेका नेपाली पनि सोही उडानमार्फत फर्किएको बताएका छन्। एक महिला कामदारले आफ्नो टिकट कुवेत सरकारले नै व्यवस्था गरिदिएको र नेपाल फर्किने सम्पूर्ण प्रबन्ध मिलाइएको जानकारी दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्