हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, मौसम विभागको सतर्कता आग्रह
काठमाडौँ,चैत १९— जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दिनहरूमा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ।
यस्तै, शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ।
मौसमविद्का अनुसार हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

