पूर्वाधार विकासमा सरकार आक्रामक — ९ काम तत्काल सुरु
काठमाडौँ, चैत १९ । सरकारले पूर्वाधार विकासलाई तीव्रता दिन नौ वटा महत्त्वपूर्ण काम तत्काल सुरु गर्ने निर्णय गरेको छ।
सरकारको ‘शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूची’ अनुसार सार्वजनिक खरिद प्रक्रिया डिजिटल बनाउने, ठूला आयोजना ‘फास्ट ट्र्याक’मार्फत अघि बढाउने र राष्ट्रिय स्तरको ‘प्रोजेक्ट पाइपलाइन’ तयार गर्ने योजना अघि सारिएको छ।
ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रणका लागि खरिद ऐन संशोधन गर्ने तथा रुग्ण आयोजनाको समीक्षा गरी आवश्यक निर्णय लिने तयारी पनि गरिएको छ।
यससँगै लाइसेन्स घरमै पुर्याउने, सार्वजनिक सवारीमा सिसिटिभी जडान, ‘ब्लु बस’ सञ्चालनलगायत सेवा सुधारका कार्यक्रम पनि कार्यसूचीमा समावेश गरिएको छ।

