नयाँ संसद् आजदेखि सुरु — पहिलो बैठकमै अध्यादेश पेस हुँदै



काठमाडौँ, चैत १९ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ।

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजे बैठक बस्नेछ। रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। साथै, ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्दै अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ।

बैठकमा दलीय धारणा प्रस्तुत गरिने, सभामुख निर्वाचनको मिति तोकिने तथा शोक प्रस्ताव पनि पेस गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्