छहरे–टोखाको काफलडाँडामा विद्युतीय गाडी दुर्घटना



काठमाडौं,चैत १९। छहरे–टोखा सडकखण्ड अन्तर्गत काफलडाँडामा बिहीबार दिउँसो एक इभी (विद्युतीय) गाडी दुर्घटनामा परेको छ।

शिवपुरी–८ काफलडाँडामा भएको उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चीनबाट भन्सार पास गरेर काठमाडौं ल्याउँदै गरेको इभी सो स्थानमा दुर्घटनामा परेको छहरे अस्थायी प्रहरी पोस्टले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्