ओली पक्राउप्रति संसद्मै एमालेको विरोध, रिहाइको माग



काठमाडौँ,चैत १९। प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाएको छ।

बैठक सुरु हुने क्रममा एमाले सांसदहरूले उभिएर विरोध जनाएका थिए। सभाको अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले सांसद गुरु बराललाई बोल्ने समय दिएपछि बैठक अघि बढेको थियो।

सांसद बरालले पूर्वप्रधानमन्त्री ओली तथा कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकमाथि गरिएको पक्राउलाई गैरकानुनी भन्दै तत्काल रिहा गर्न माग गर्नुभयो।

उहाँले भदौ २४ मा भएको घटनाबारे पुनः निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत राख्नुभएको छ। एमालेले यस घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्