सम्पत्ति शुद्धीकरण अनुसन्धान: व्यवसायी दीपक भट्ट पक्राउ
काठमाडौँ,चैत १९। व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।यसअघि नै उनको पासपोर्ट पनि रोक्का गरिएको थियो।
सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सोही कसुरमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

