पहिलो बैठकमै सरकार आक्रामक: संसद्मा एकैचोटि तीन अध्यादेश पेश
काठमाडौँ,चैत १९। प्रतिनिधि सभाको पहिलो बैठकमै गृहमन्त्री सुधन गुरुङले तीन वटा महत्वपूर्ण अध्यादेश पेश गर्नुभएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि बिहीबार बसेको पहिलो बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ प्रस्तुत गरिएको हो।
यसअघि बैठकमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरिसकेका छन्। पहिलो बैठकमै अध्यादेश पेस भएसँगै सरकार विधायिकी काममा सक्रिय देखिएको

