‘दुईतिहाइ चाहियो भने साथ दिन्छौँ’ : राप्रपाका ज्ञानबहादुर शाही



काठमाडौँ,चैत १९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले नागरिकता र सुशासनका विषयमा संविधान संशोधन गर्न सरकारलाई दुईतिहाइ बहुमत जुटाउन सहयोग गर्न तयार रहेको बताएका छन्।

प्रतिनिधि सभामा धारणा राख्दै उनले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारा संविधानमै स्थापित गर्नुपर्ने उल्लेख गरे। सो कार्यका लागि आवश्यक परे दुईतिहाइ बहुमत जुटाउन राप्रपा सरकारसँग उभिने उनले बताए।

शाहीले मुलुकमा सुशासन कायम गर्न, सामाजिक न्याय सुनिश्चित गर्न र रूपान्तरणका कार्यक्रम अघि बढाउन आफ्नो पार्टी सहयोगी भूमिकामा रहने स्पष्ट पारे। साथै, किसानहरू रोजगारीका लागि विदेशिन बाध्य भएको अवस्थालाई अन्त्य गर्न सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।

उनले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा सहकार्य गर्न सबै राजनीतिक दललाई आह्वान गर्दै संविधान संशोधनका लागि सरकारलाई ढुक्क भएर अघि बढ्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्