डिपी अर्याललाई सभामुखको उमेदवार बनाउने रास्वपाको निर्णय



काठमाडौं,चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका उपसभापति डिपी अर्याललाई सभामुखको रुपमा अघि सार्ने निर्णय गरेको छ।

रास्वपा संसदीय दलको भर्खर सम्पन्न बैठकले अर्याललाई सभामुखको उमेदवार बनाउने निर्णय गरेको सो पार्टीका सांसद तथा केन्द्रीय सदस्य प्रकाशचन्द परियारले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले रास्वपाको बहुमत भएपनि प्रकृयामा जानुपर्ने भएकोले उमेदवार बनाउने निर्णय संसदीय दलले गरेको बताउनुभयो ।

सभामुखको निर्वाचनका लागि यही चैत्र २२ गते आइतबारको मिति तय गरिएको छ । संसद सचिवालयले आजैदेखि निर्वाचनको प्रकृया सुरु गरेको जनाएको छ।

प्रतिनिधि सभाको अर्को बेठक सोही दिन विहान ११ बजे बस्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्