बिजुलीको पोल गाड्दा करेन्ट: एकको मृत्यु, दुई घाइते
मकवानपुर,चैत १९। मकवानपुरगढी गाउँपालिका–२ मोरेमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पोलले विद्युतीय तार छोएपछि करेन्ट लागेर स्थानीय राजकुमार गोले गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
उक्त घटनामा ३० वर्षीय राजकुमार स्याङतान र ५५ वर्षीय मानबहादुर गोले घाइते भएका छन्। दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

