इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल २०२ रुपैयाँ, डिजेल १८२ पुग्यो



काठमाडौँ,चैत २०। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार काठमाडौं र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ, जुन यसअघि १८७ रुपैयाँ थियो।

त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ।

मूल्य समायोजनपछि पनि निगमलाई आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्