जेनजी आन्दोलन प्रतिवेदन अध्ययन गर्न कांग्रेसले गठन गर्‍यो पाँच सदस्यीय समिति



काठमाडौँ,चैत २०। नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे कार्की आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिमा पूर्वन्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र (आरसी) गौतम र युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन्।

उक्त समितिले आयोगको प्रतिवेदन अध्ययन गरी सात दिनभित्र कांग्रेस केन्द्रीय कार्यालयमा सुझावसहितको प्रतिवेदन बुझाउने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्