मध्यपूर्वबाट नेपाली उद्धार: नेपाल एयरलाइन्सका विशेष उडान सुरु



काठमाडौँ,चैत २०। पश्चिम एसियामा जारी द्वन्द्वका कारण अलपत्र नेपाली नागरिकको उद्धारका लागि सरकारले नेपाल वायु सेवा निगममार्फत विशेष उडान सञ्चालन गर्ने भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार चैत २० देखि २२ गतेसम्म दुबई र साउदी अरेबियाबाट उद्धार उडान सञ्चालन गरिनेछ। हालसम्म साउदीबाट ६५०, कुवेतबाट १६० र बहराइनबाट करिब १०० नेपाली स्वदेश फर्कन इच्छुक रहेका छन्।

द्वन्द्वका कारण नियमित उडान प्रभावित भएपछि उद्धार प्रक्रिया अघि बढाइएको हो। सरकारले आवश्यक समन्वय गर्दै थप नेपालीलाई सुरक्षित रूपमा स्वदेश ल्याउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्