डलर १४९ नजिक: राष्ट्र बैंकले सार्वजनिक गर्यो नयाँ विनिमयदर
काठमाडौँ,चैत २०। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा कायम भएको छ। युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य पनि उच्च स्तरमै निर्धारण गरिएको छ।
त्यस्तै, अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको विनिमयदर समेत बढ्दो प्रवृत्तिमा रहेको छ भने जापानी येन, चिनियाँ युआन, साउदी रियाल र कतारी रियालको दर पनि सार्वजनिक गरिएको छ।
राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने उल्लेख गरेको छ।

