नक्कली परीक्षार्थी पक्राउ : अर्काको नाममा एसईई दिन खोज्दा समातिए



हेटौँडा, चैत २० – हेटौँडामा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नक्कली परीक्षार्थी पक्राउ परेका छन्। अर्का विद्यार्थीको नाममा परीक्षा दिन आएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हेटौँडा उपमहानगरपालिका–१० स्थित सोलिड्यारेटी मावि परीक्षा केन्द्रबाट सिन्धुली मरिण गाउँपालिका–४ का १७–१८ वर्षीय विराज विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार विकले अर्का विद्यार्थी अंकिश श्रेष्ठको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन खोजेका थिए। घटना सार्वजनिक भएपछि दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

यस वर्ष मकवानपुरमा एसईई परीक्षामा ७ हजार १९२ विद्यार्थी सहभागी रहेका छन् भने जिल्लाभर २८ वटा परीक्षा केन्द्र तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्