काठमाडौँका विभिन्न क्षेत्रमा आज ४ घण्टा बिजुली कटौती



काठमाडौँ, चैत २१ — नेपाल विद्युत् प्राधिकरण ले काठमाडौँका विभिन्न क्षेत्रमा आज शनिबार केही समयका लागि विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ।

प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका पोलहरू परिवर्तन गर्ने कार्यका लागि बानेश्वर वितरण केन्द्रअन्तर्गत इमाडोल फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा बिजुली कटौती गर्न लागिएको हो।

यसअन्तर्गत नरेफाट, सिसिआरसी कलेज आसपास तथा सूर्यकोटमार्ग क्षेत्र प्रभावित हुनेछन्। ती स्थानमा रहेका ११ केभी क्षमताका पोल परिवर्तन गर्ने कार्य सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म करिब चार घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ।

बिजुली कटौतीबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले उपभोक्तासँग क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्