कलाकार सागर लम्साल पक्राउ
काठमाडौं,चैत २१ । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।
बलात्कारको आरोप लागेसँगै उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
अमेरिकामा बस्ने एक युवतीले शुक्रबारमात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

