नुवाकोटका ‘सानुभाइ’ सामाखुशीबाट पक्राउ



काठमाडौँ, चैत २२ — गुण्डागर्दीमा संलग्न रहेको आरोपमा नुवाकोटका ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँको सामाखुशी क्षेत्रबाट गएराति गुरुङलाई नियन्त्रणमा लिइएको हो।

काठमाडौँका प्रहरी प्रमुख रमेश थापा का अनुसार गुरुङ यसअघि पनि पटक–पटक पक्राउ परेर धरौटीमा छुट्दै आएका थिए।

प्रहरीले पछिल्लो समय बढ्दो गुण्डागर्दी नियन्त्रण गर्ने अभियानअन्तर्गत उनलाई पुनः पक्राउ गरिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्