नुवाकोटमा स्कुटर दुर्घटना: चालकको मृत्यु
नुवाकोट, चैत २२ — नुवाकोटमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको विदुर नगरपालिका–२ भैरबी बोटोल स्थित भित्री सडकखण्डमा गएराति करिब ११:५८ बजे दुर्घटना भएको हो।
प्रहरीका अनुसार भैरबीबाट खानिगाउँतर्फ जाँदै गरेको प्र.३ ०२ ००७ प ९७३३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको थियो। दुर्घटनामा स्कुटर चालक लिखु गाउँपालिका–१ खानिगाउँ निवासी अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर थापा मगर गम्भीर घाइते भएका थिए।
घाइते थापा मगरलाई उपचारका लागि त्रिशूली अस्पताल ल्याइएकोमा उपचारकै क्रममा आज बिहान १:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

