गृहमन्त्रीलाई दबाबमा नपर्न महावीर पुनको सुझाव



काठमाडौँ, चैत २२ — स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्रीलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिनुभएको छ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा राजनीतिक दल र नेतृत्वको दबाबका कारण गृहमन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो।

हालका गृहमन्त्री सुधन गुरुङले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान सकारात्मक रहेको भन्दै पुनले त्यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “पहिले गृहमन्त्रीले कसैलाई कारबाही गर्न खोजे पनि दलका नेताहरूको दबाबमा गर्न सक्दैनथे। त्यसैले अब कसैको दबाबमा नपरी अपराधमा संलग्नलाई कडाइका साथ कारबाही गर्नुपर्छ।”

सांसद पुनले आफू संसद्मा प्रतिपक्षी भूमिकामा रहे पनि राजनीतिक स्वार्थका गतिविधिमा संलग्न नहुने स्पष्ट गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्