सभामुख अर्यालको प्रतिबद्धता: सदनको मर्यादा कायम राख्ने
काठमाडौँ, चैत २२ — नवनिर्वाचित प्रतिनिधि सभा सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम राख्दै निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सभामुख निर्वाचित भएपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान र कानुनको पूर्ण पालना गर्दै सबै सांसदलाई सम्मान हुने गरी अघि बढ्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “संविधान र कानुन राम्रोसँग हेरेको छु। त्यसलाई पालना गरेर सबै माननीयज्यूहरूलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम गर्दै काम हुन्छ। निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ।”
सभामुख अर्यालले आफूलाई संविधान र कानुनको राम्रो ज्ञान भएकाले संसद्लाई सोहीअनुसार अघि बढाउने पनि स्पष्ट गर्नुभयो।

