वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु, इन्धन गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने निर्णय
काठमाडौँ, चैत २२ — सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो।
त्यसैगरी सरकारले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।
प्रवक्ता पोखरेलका अनुसार वातावरणीय प्रभाव न्यूनीकरण तथा स्वच्छ ऊर्जाको प्रयोग प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको छ ।

